आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पहाडी भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने

शुक्रबार, १७ चैत २०७९, ०६ : ०४
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। 

आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ । 

भोलि भने देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै तराईमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप