बारा–२ बाट उपनिर्वाचन लड्ने रमेश खरेलको घोषणा
शुक्रबार, १७ चैत २०७९, १० : २३
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । खरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
‘नयाँ सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु’, खरेलले भनेका छन्, ‘डा. प्रणय राणाको अथक प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’
खरेलले राष्ट्र सेवामा ईमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण