डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ
शुक्रबार, १७ चैत २०७९, १२ : ४१

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य व्यक्ति पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई भक्तपुर दधि कोट उन्नाइस लाख, ललितपुर चाँगाथलीबाट दुई लाख, ललितपुर सानोगाउँबाट चार लाख र भक्तपुर बालकोट बाट पाँच लाख पचास हजार गरी जम्मा ३० लाख ५० हजार ठगी भएको उजुरी परेपछि अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे २ कर्थलि घर भई भक्तपुरको बालकोट बस्ने २८ वर्षका भीम बहादुर तामाङ पक्राउ परेका हुन् ।
तामाङलाई अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?