सरकार र मिटरब्याजी पीडितको वार्तामा जुटेन सहमति, भोलि फेरि छलफल हुने
काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो । पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपाका नेता रामरिझन यादवका अनुसार सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्ने गरी सकिएको बताए ।
‘आज पीडितले अघि सारेका मागबारे छलफल भयो, सरकारी टोलीले मागका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरेपछि पुन शनिवार बस्ने गरी आजको छलफल सकिएको छ’, यादवको भनाइ छ । पीडितसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
मिटरब्याजी पीडितहरू १० दिन पैदल हिँडेर चार दिनअघि काठमाडौँ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर ब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिने गरी कानुन बनाउने प्रक्रिया थालिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण