सरकार र मिटरब्याजी पीडितको वार्तामा जुटेन सहमति, भोलि फेरि छलफल हुने
काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो । पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपाका नेता रामरिझन यादवका अनुसार सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्ने गरी सकिएको बताए ।
‘आज पीडितले अघि सारेका मागबारे छलफल भयो, सरकारी टोलीले मागका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरेपछि पुन शनिवार बस्ने गरी आजको छलफल सकिएको छ’, यादवको भनाइ छ । पीडितसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
मिटरब्याजी पीडितहरू १० दिन पैदल हिँडेर चार दिनअघि काठमाडौँ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर ब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिने गरी कानुन बनाउने प्रक्रिया थालिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ