संघीयता कर्णालीका लागि अपरिहार्य छ : विन्दमान विष्ट
शुक्रबार, १७ चैत २०७९, १६ : ५९
सुर्खेत । कर्णाली सरकारका पूर्व अर्थमन्त्री एवं माओवादी सांसद विन्दमान विष्टले संघीयता कर्णालीका लागि अपरिहार्य भएको बताए । उनले अहिले संघीयतामाथि प्रश्न उठिरहेकाले त्यसलाई चिर्नका लागि भएपनि प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्ने बताए ।
प्रदेशसभामा मुख्यमन्त्री राजकुमार शर्माको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमा बोल्दै उनले अब सबै दलहरु एक ठाउँमा रहेर कर्णालीको विकास र समृद्धिमा एकताबद्ध हुनुपर्ने बताए ।
साथै विष्टले खर्चको सिमालाई हेरेर कर्णालीमा पाँच वटासम्म मन्त्रालय भए प्रयाप्त हुने बताए । अहिले कर्णालीमा ६ वटा मन्त्रालय, १ मुख्यमन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण