संघीयता कर्णालीका लागि अपरिहार्य छ : विन्दमान विष्ट
शुक्रबार, १७ चैत २०७९, १६ : ५९

सुर्खेत । कर्णाली सरकारका पूर्व अर्थमन्त्री एवं माओवादी सांसद विन्दमान विष्टले संघीयता कर्णालीका लागि अपरिहार्य भएको बताए । उनले अहिले संघीयतामाथि प्रश्न उठिरहेकाले त्यसलाई चिर्नका लागि भएपनि प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्ने बताए ।
प्रदेशसभामा मुख्यमन्त्री राजकुमार शर्माको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमा बोल्दै उनले अब सबै दलहरु एक ठाउँमा रहेर कर्णालीको विकास र समृद्धिमा एकताबद्ध हुनुपर्ने बताए ।
साथै विष्टले खर्चको सिमालाई हेरेर कर्णालीमा पाँच वटासम्म मन्त्रालय भए प्रयाप्त हुने बताए । अहिले कर्णालीमा ६ वटा मन्त्रालय, १ मुख्यमन्त्री र एक राज्यमन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
-
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
-
शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?
-
बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
-
आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?