कविता
खाडीमा भेटौला
शनिबार, १८ चैत २०७९, ०८ : ०५
मलाई बारम्बार झस्काउँछ
खाडीमा भेटौला
जापानको यात्रा सफल रहोस्
कोरियाको यात्रा सफल रहोस्
जस्ता हृदयविदारक कथनहरूले ।
थाकेको तन अनि मन
उदासीन आँखा
ओठमा फिक्का हाँसो
भविष्यको चिन्ता बोकेर
ती गल्लीहरूमा
ती चोकहरूमा
थुप्रै मजस्ता ‘म’हरू भेटिन्छन्
सुनौलो भविष्यको खोजीमा,
कैयौँ चाहनाहरू भत्किन्छन्
कयौँ सपनाहरू भत्किन्छन्
कयौँ आशाहरू अधुरा बन्छन्
कयौँ सम्बन्धनहरू टुटेर जान्छन्
त्यही सुनौलो भविष्यको खोजीमा
म सक्दिन अब जैले राजनीति
किचलो हेरिरहन ।
उराठ लाग्छ पहाड पनि
हाँसिरहेको देख्छु
पतझड पनि सुन्दर लाग्छ
तिम्रो त्यो लालच देखेर ।
लाग्छ सरकार तिमी हुनु
र, नहुनुमा केही फरक छैन ।
त्यसैले त लाग्छ,
अब खाडीमा भेटौँला ।
खाडीमा भेटौँला ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण