बारा-२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बारा । बारा निर्वाचन क्षेत्र नम्बर- २ मा वैशाख १० गते हुने उप–निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा आज एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो ।
मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जनाएका छन् । जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ,जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटी , सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंह लगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण