मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मैथिली भाषाबारे अनुसन्धानमुलक पुस्तक प्रकाशित

शनिबार, १८ चैत २०७९, १६ : ०१
शनिबार, १८ चैत २०७९

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सूर्यप्रसाद यादवद्वारा लिखित ‘मैथिली भाषाक समकालीन अवस्था’ पुस्तक प्रकाशित गरेको छ ।  मैथिली भाषामा प्रकाशित यो पुस्तक समकालीन नेपालको मैथिली भाषा भाषाका लागि अनुसन्धानमूलक पुस्तक हो । यो पुस्तकमा मैथिली भाषाको समकालीन अवस्थाको समग्रमा विश्लेषण गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ  । 

यो पुस्तकको अध्ययनबाट मैथिली भाषाको भाषा वैज्ञानिक अध्ययन र थप अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिएको छ । भाषाशास्त्री प्रध्यापक डा.योगेन्द्रप्रसाद यादवले यो पुस्तकमा नेपालको मैथिली भाषाको समकालीन अवस्था अन्तरर्गत यसको भाषिक विविधता, भाषिक अभिवृति, बहुभाषिक, भाषा चयन, र सम्पर्क भाषाको आधारमा अध्ययन गरिएको छ । 

यसमा मैथिली भाषाको क्षेत्रीय र सामाजिक भिन्नताको बारेमा समेत चर्चा गरिएको छ । मैथिली भाषी सामुदायमा मातृ भाषाप्रति उनीहरुको धारणा कस्तो रहेको छ, त्यसको बारेमा समेत विशेष अध्ययन यो पुस्तकमा गरिएको छ ।  वर्तमान बहुभाषिक अवस्थामा मैथिली भाषी समुदायमा भाषा प्रयोगको लागि सम्पर्क भाषाका अवस्थाको बारेमा समेत यो पुस्कतबाट जानकारी लिनसकिने लेखक सूर्यप्रसाद यादवले दावी गरेका छन् । 

लेखक डा.सूर्यप्रसाद यादवले मैथिली भाषा ब्राहमण तथा गैरब्राहमण गरी मैथिली भाषा दुई किसिमको रहेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । कुनै भाषाको भविष्य त्यो भाषाको समुदायले आफ्नो भाषालाई कसरी र कुन रुपमा प्रयोग गर्छ त्यसमा पनि भर पर्छ । कुनै कुराको गिन्ती गर्न, गीत गाउन, मजाक गर्न, समान खरिद बिक्री गर्न, कथा वाचन, पूजा पाठ गर्न, झगडा गर्न, गाली गलौज गर्न, केटाकेटीलाई कथा सुनाउन, लोकगीत गाउन, पारिवारिक जमघट, गाउँघरको बैठक लगायतमा समुदायले आफ्नो भाषा कतिको प्रयोग गर्छन् त्यसमा भाषाको भविष्य निर्भर रहने कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप