हेरोइनसहित दुई युवक पक्राउ
शनिबार, १८ चैत २०७९, १८ : ०६
कैलाली । कैलालीमा दुईजना युवक हेरोइनसहित पक्राउ परेका छन् । भजनी नगरपालिका-७ चर्राबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३३ ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय ईन्द्र बहादुर कठरियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो ।
यसैगरी, कैलाली धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सगुन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण