युनाइटेडमाथि सानदार जीतसहित प्रिमियम लिगको शीर्ष स्थानमा कायमै आर्सनल
काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ ।
आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१ को सानदार जित दर्ता गर्दै शिर्षस्थान कायमै राखेको हो ।
इमिरेट्स स्टेडियम लन्डनमा गएराति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औं मिनेटमा जेससको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । गाब्रिएल मार्टिनेलीको पासलाई सदुपयोग गर्दै ४७औं मिनेटमा बेन ह्वाइटले आर्सनलको पहिलो हाफमा नै अग्रतालाई दोब्बर पारे ।
पहिलो हाफमा दोब्बर अग्रताले अघि बढेको आर्सनल दोस्रो हाफको ५५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अग्रसर गराए । तर, ७६औं मिनेटमा युनाईटेडका रसमुसले गोल गर्दै खेललाई ३–१ ले स्थितिमा ल्याए पनि खेल सकिनु केही समय अघि अर्थात ८४औं मिनेटमा ग्रानिट झाँकाले मार्टिन ओडेगार्डको पासमा गोल गदै आर्सनललाई ४–१ को सानदार जित दिलाउन सफल भए ।
यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायमै राख्न सफल भएको छ । जसअनुसार आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको आर्सनललाई पछयाउँदै ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित लिड्स भने २६ अंक जोडेर १६ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण