चलचित्र बहावको टिकट किन्दा निःशुल्क थाइल्यान्डको प्याकेज
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यस फिल्मका निर्माण टोली प्रचार प्रसारका लागि दौडधुपमा छन् ।
चलचित्र चलाउन आज भोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ । यस्तै बहाव सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन् । केही दिन अगाडि चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो ।
पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरिबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ । खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली व्यक्तिले एम डी होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् ।
साथै खल्ती एपबाट टिकेट काट्दा दश प्रतिशतसम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण