सिद्ध बाबा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने
आइतबार, १९ चैत २०७९, २० : २३
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सिद्ध बाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको जनाएको हो ।
निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथिबाट ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरिएको बताइएको छ । सडक बिहान ११ देखि दिउँसो २ बजे र राती १० देखि बिहान ४ बजेसम्म अवरुद्ध हुने छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
तर एम्बुलेन्सलगायत अत्यावश्यकता सवारी साधन सञ्चालनमा भने कुनै अवरोध नहुने जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण