अध्यक्ष यादवले १ बजे उम्मेदवारी दर्ता गराउने
सोमबार, २० चैत २०७९, १० : ४०
बारा । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । यो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका छन् ।
अध्यक्ष यादवले आज दिउँसो १ बजे मात्र उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाे जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले जानकारी दिए । क्षेत्रका नेता तथा कार्यकर्ता जम्मा गर्नुपर्ने तथा गाउँमा कृषि कर्म चलिरहेकाेले दिउँसो मात्रै उम्मेदवारी दर्ता गर्न लागिएको उनले बताए ।
यस क्षेत्रमा यादवसँगै एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतले उम्मेदवारी दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण