अध्यक्ष यादवले १ बजे उम्मेदवारी दर्ता गराउने
सोमबार, २० चैत २०७९, १० : ४०

बारा । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । यो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका छन् ।
अध्यक्ष यादवले आज दिउँसो १ बजे मात्र उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाे जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले जानकारी दिए । क्षेत्रका नेता तथा कार्यकर्ता जम्मा गर्नुपर्ने तथा गाउँमा कृषि कर्म चलिरहेकाेले दिउँसो मात्रै उम्मेदवारी दर्ता गर्न लागिएको उनले बताए ।
यस क्षेत्रमा यादवसँगै एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतले उम्मेदवारी दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा