साझा उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन
सोमबार, २० चैत २०७९, २२ : ५१
काठमाडौँ । सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मत दिन निर्देशन दिएको छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१मा गठबन्धनका साझा उम्मेदवारलाई मत दिन निर्देशन दिने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार उठाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण