बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

साझा उम्मेदवार जिताउन एकीकृत समाजवादीको निर्देशन

सोमबार, २० चैत २०७९, २२ : ५१
सोमबार, २० चैत २०७९

काठमाडौँ । सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मत दिन निर्देशन दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१मा गठबन्धनका साझा उम्मेदवारलाई मत दिन निर्देशन दिने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार उठाएको छैन ।

ss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप