बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

दैलेख जिप दुर्घटना : गम्भीर घाइते १ जनाको मृत्यु, ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो (अपडेट)

सोमबार, २० चैत २०७९, २० : ४७
सोमबार, २० चैत २०७९

सुर्खेत । सोमबार दिउँसो पश्चिम दैलेखको आठबिस नगरपालिका–१ डाब अन्तर्गत कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का ३३ बर्षीय दुर्गबहादुर बोगटी रहेका छन् । 

गम्भीर घाइते भएका उनीसहित ३ जनालाई नेपाली हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । बोगटीको काठमाडौँ पुग्नु अगावै मृत्यु भएको कुरा जानकारीमा आएको दैलेखका डीएसपी किशोर लम्सालले रातोपाटीलाई जानकारी दिए । 

हेलिकप्टरमा गएका बाँकी घाइते सोही वडाका तीन जना बालबालिकाको ट्रमा सेन्टर काठमाडौंमा उपचार सुरु भइसकेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज ५५ नम्बरको उक्त बोलेरो जिपमा ९ जना बालबालिकासहित १४ जना सवार थिए । जिपमा सवार सबै घाइते भएका थिए । 

सवार बालबालिकाहरु अधिकांश सुर्खेतमा बसेर अध्ययन गर्दै आएका र परीक्षा सकेपछि गाउँ जाँदै थिए । जिप ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको थियो ।  बाँकी सामान्य घाइतेहरुको साँगेतडा स्थित मेडिकलमा प्राथमिक उपचारपछि गाउँ फर्किएको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप