आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारी बैठक बुधबार बस्ने

मङ्गलबार, २१ चैत २०७९, १५ : ५२
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो । 

बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले बताए । पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने शाहले बताए ।

 ‘पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको २ महिने अभियान कस्तो रह्यो ? जनताबाट के कस्ता सुझावहरु आए त्यस विषयमा छलफल हुने छ’ शाहले भने, ‘अरु सरकार गर्ने काम कारवाहीका विषयमा सुझाव लिइने छ । कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने छलफल हुने छ ।’ 

बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप