शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति वाटिकादेखि बालुवाटारसम्म मिटरब्याज पीडितको ‘मार्चपास’ (तस्बिरमा हेर्नुस्)

मङ्गलबार, २१ चैत २०७९, १६ : ०१
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । महोत्तरीका मिटव्याज पीडितसँग सरकारले सम्झौता गरेलगत्तै मधेसका अन्य जिल्लाबाट आएका मिटरब्याज पीडितले मंगलबार काठमाडौमा मार्चपास गरेका छन् ।

मधेसका विभिन्न जिल्लाबाट सरकारलाई दबाब दिन काठमाडौँ आएका पीडितहरूले मंगलबार दिउँसो शान्ति वाटिकादेखि बालुवाटारसम्म ¥याली निकालेर मार्चपास गरेका हुन् । 

बालुवाटारमा पुगेर उनीहरुले विरोध सभा समेत गरेका छन् । यसअघि सरकारले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको उनीहरुको भनाइ छ । यसअघि सरकारले बर्दिबासबाट हिँडेर काठमाडौँ आएका पीडितहरूसँग चैत १८ गरेको सहमति गरेपनि फितलो भएको उनीहरुको गुनासो छ । 

यसैबीच माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेल मंगलबार बालुवाटार पुगेर पीडितहरुका मागप्रति ऐक्यवद्धता जनाएका छन् ।

 

meter 2meter 3meter 4meter 5meter 6meter 7meter 8meter 9meter 10meter 11meter 12meter 13meter 14meter 15meter 16meter 17metermeter1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप