अदालत
पोखरा महानगरपालिका १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश
मङ्गलबार, २१ चैत २०७९, १८ : ३५
पोखरा । गत वैशाख ३० मा भएको स्थानीय तहको चुनाव अन्तर्गत पोखरा महानगरपालिका १८को मतगणना पुनः गर्न अदालतले आदेश दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणना पुनः गर्न उच्च अदालत पोखराले मंगलबार आदेश जारी गरेको हो ।
अदालतले वैशाख २० गते पुनः मतगणना गर्न आदेश दिएको छ ।
मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले जीतेका थिए । उनले एमालेका पुस्कलबहादुर थापालाई पराजित गरेका हुन् । शिवले १६ सय ४३ मत ल्याउँदा पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएका थिए ।
३ मतले पराजित भएका थापाले ५ भोट मिसिङ भएको भन्दै पुनः मतगणना हुनुपर्ने भन्दै अदालतमा रिट हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण