अदालत
पोखरा महानगरपालिका १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश
मङ्गलबार, २१ चैत २०७९, १८ : ३५

पोखरा । गत वैशाख ३० मा भएको स्थानीय तहको चुनाव अन्तर्गत पोखरा महानगरपालिका १८को मतगणना पुनः गर्न अदालतले आदेश दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणना पुनः गर्न उच्च अदालत पोखराले मंगलबार आदेश जारी गरेको हो ।
अदालतले वैशाख २० गते पुनः मतगणना गर्न आदेश दिएको छ ।
मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले जीतेका थिए । उनले एमालेका पुस्कलबहादुर थापालाई पराजित गरेका हुन् । शिवले १६ सय ४३ मत ल्याउँदा पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएका थिए ।
३ मतले पराजित भएका थापाले ५ भोट मिसिङ भएको भन्दै पुनः मतगणना हुनुपर्ने भन्दै अदालतमा रिट हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका