मुख्यमन्त्री यादवले भने–एमालेका मन्त्रीहरूले राजीनामा दिएपनि विश्वासको मत मसँगै हुन्छ
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताएका छन् ।
मंगलबार प्रदेश सरकारमा नेकपा(एमाले)का तर्फबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताएका हुन् । उनले केन्द्रको गठबन्धन अनुरूप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको बताए ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए । उनले मधेस प्रदेश सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गरे ।
एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएका छन् । मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि आफूहरु सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिए । उनले नयाँ गठबन्धन अनुसार प्रदेश सरकार निर्माण गर्न सहज बनाइदिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण