मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

किर्गिजस्तानमा दादुराका बिरामी बढ्दै

मङ्गलबार, २१ चैत २०७९, २१ : ५५
मङ्गलबार, २१ चैत २०७९

बिश्केक । किर्गिजस्तानमा यस वर्षको सुरुवातदेखि दादुरा र रुबेलाका घटनामा वृद्धि भएको यहाँको स्वास्थ्य मन्त्रालयको प्रेस सेवाले सोमबार जनाएको छ।

रिपब्लिकन सेन्टर फर इम्युनोप्रोफिलेक्सिसको तथ्याङ्क अनुसार किर्गिजस्तानमा सन् २०२३ को शुरुदेखि हालसम्म दादुराका ४१ र रुबेलाका ६ वटा घटनाहरू फेला परेका छन्।  

यसैगरी ओश क्षेत्रमा  मात्रै २० वटा घटना दर्ता भएका छन् । उक्त सरुवा रोक वृद्धिको मुख्य कारण बालबालिका र वयस्कहरू दादुरा र रुबेला विरुद्धको नियमित खोपको मात्रामा पूरा गर्न  अनिच्छुक रहेको बताइएको छ ।-(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप