राजा चार्ल्सको राज्याभिषेक मे ६ मा हुने
लन्डन । राजा चार्ल्स तृतीयको राज्याभिषेक आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएकोछ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हाल्ेहका राजा चाल्र्सको राज्याभिषेकाको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनुहुनेछ । राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिएकी थिइन् । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।
वकिङघम राजप्रासादले आज सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुईह हजार पाहुनालाई आमन्त्रण गरिने छ । राजाप्रसादले आमन्त्रण हुने व्यक्तिको सूची जारी गरेको छैन । राजा चार्ल्सले राजमुकुट लगाउने समारोह उनकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समारोहभन्दा छोटो हुनेछ ।
महारानी एलिजावेथको राज्याभिषेक समारोहमा करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए । दुई हजार पाहुनाले भाग लिने राजा चार्ल्सको राज्याभिषेक करिब एक घण्टा चल्नेछ । राजप्रासादले रानी क्यामिला र राजा चार्ल्सको औपचारिक तस्बिर र निम्तापत्र पनि सार्वजनिक गरेको छ ।
ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बिबिसी) लगायत विश्वका प्रमुख विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह सशरीर उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् ।
यसैबीच, मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र उनकी भार्या किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने जनाएकी छन् । अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छन् । विविध सांस्कृतिक कार्यक्रमका साथ धूमधामका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे आठमा बेलायतभर सार्वजनिक बिदा दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण