कोशी प्रदेश सरकारले माग्यो संघीय सरकारसँग साढे ३ अर्ब रकम
विराटनगर । कोशी प्रदेशको मन्त्रीपरिषद् बैठकले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो ।
यस्तै बैठकले सरकारलाई सहयोग गर्नेगरी विभिन्न समिति गठन गरेको छ । जसमा सिँचाई मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति रहेको छ । समितिको सदस्यहरूमा पूर्वाधार विकास मन्त्री दुर्गा चापागाईँ, कृषि मन्त्री भक्ति सिटौला र स्वास्थ्य मन्त्री निर्मला लिम्बू रहेका छन् ।
सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटन मन्त्री जीवन आचार्य, स्वास्थ्य मन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहने गरी कानुन न्याय तथा प्रदेश मामिला समिति पनि गठन भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईँको संयोजकत्वमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्य मन्त्री निर्मला लिम्बू सदस्य रहेको आर्थिक सामाजिक तथा पूर्वाधार समिति पनि गठन भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री सिटौलाले जानकारी दिए ।
यता, प्रदेश सरकारले कोशी नाम खारेजीको माग गर्दै भइरहेको आन्दोलनको विषयमा भने कुनै औपचारिक निर्णय गरेको छैन । यद्यपि उनीहरुको आन्दोलनलाई नजिकबाट हेर्ने गरी राजनीतिक तथा प्रशासनिक समितिले काम गर्ने मन्त्री सिटौलाले जानकारी दिए ।
‘यसमा औपचारिक रुपमा कुनै छलफल भएन । संघीय सरकारले समिति बनाइसकेको छ । राजनीतिक रुपमा चासो राख्न र नजिकबाट हेर्ने गरी राजनीतिक तथा प्रशासनिक समितिलाई जिम्मा दिइएको छ,’ सिटौलाले भने ।
आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव अझै उठेको छैन, यस विषयमा प्रदेश सरकारले पहल गर्छ कि गर्दैन भन्ने विषयमा सिटौलाले भने, ‘कतिपयको शव दुई÷चार वर्ष शव गृहमै छन् । उहाँहरुको चित्त नबुझेको हुनसक्छ । त्यसलाई चाँडो व्यवस्था गर्न प्रदेश सरकारले चासो दिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण