बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एक वर्षमै ३० करोड डलरले बढ्यो विनोद चौधरीको सम्पत्ति

बुधबार, २२ चैत २०७९, १७ : ४३
बुधबार, २२ चैत २०७९

काठमाडाैँ । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलरले बढेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी म्यागेजिन फोब्र्सले निकालेको तथ्यांकअनुसार एक वर्षको अवधिमा चौधरीले ३० करोड डलर सम्पत्ति जोडका हुन् ।

यससँगै, अर्बपति चौधरीको सम्पत्ति १.८ अर्ब डलर पुगेको छ । गत वर्ष सन् २०२२ मा उनको कूल सम्पत्ति १.५ अर्ब डलर थियो । फोब्र्स म्यागेजिनका अनुसार चौधरीले एक वर्षमै ३० करोड डलर सम्पत्ति बढाएका हुन् ।

सम्पत्ति बढेसँगै अर्बपतिको सूचीमा चौधरीले छलाङ समेत मारेका छन् । सन् २०२३ का लागि फोब्र्सले निकालेको अर्बपतिको सूचीमा चौधरी १६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष चौधरी अर्बपतिको सूचीमा १९६५औं स्थानमा थिए । यसअनुसार एक वर्षको अवधिमा चौधरी ३१८ स्थान माथि चढेका छन् ।

अमेरिकी म्यागेजिनले प्रत्येक वर्ष अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ । यो सूचीमा चौधरीको सम्पत्ति  सन् २०१८ मै १.७० अर्ब अमेरिकी डलर थियो । 

तर, कोरोना महामारीका कारणले उनको सम्पत्ति घटेर १.४० अर्ब डलरमा आइपुगेको थियो । जबकि, सन् २०२३ मा आएर भने चौधरीले आफ्नो स्थान सुधार गरेका हुन् ।

फोब्र्सका अनुसार हाल विश्वमा २५ सय ४० जना डलर अर्बपति छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप