एक वर्षमै ३० करोड डलरले बढ्यो विनोद चौधरीको सम्पत्ति
काठमाडाैँ । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलरले बढेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी म्यागेजिन फोब्र्सले निकालेको तथ्यांकअनुसार एक वर्षको अवधिमा चौधरीले ३० करोड डलर सम्पत्ति जोडका हुन् ।
यससँगै, अर्बपति चौधरीको सम्पत्ति १.८ अर्ब डलर पुगेको छ । गत वर्ष सन् २०२२ मा उनको कूल सम्पत्ति १.५ अर्ब डलर थियो । फोब्र्स म्यागेजिनका अनुसार चौधरीले एक वर्षमै ३० करोड डलर सम्पत्ति बढाएका हुन् ।
सम्पत्ति बढेसँगै अर्बपतिको सूचीमा चौधरीले छलाङ समेत मारेका छन् । सन् २०२३ का लागि फोब्र्सले निकालेको अर्बपतिको सूचीमा चौधरी १६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष चौधरी अर्बपतिको सूचीमा १९६५औं स्थानमा थिए । यसअनुसार एक वर्षको अवधिमा चौधरी ३१८ स्थान माथि चढेका छन् ।
अमेरिकी म्यागेजिनले प्रत्येक वर्ष अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ । यो सूचीमा चौधरीको सम्पत्ति सन् २०१८ मै १.७० अर्ब अमेरिकी डलर थियो ।
तर, कोरोना महामारीका कारणले उनको सम्पत्ति घटेर १.४० अर्ब डलरमा आइपुगेको थियो । जबकि, सन् २०२३ मा आएर भने चौधरीले आफ्नो स्थान सुधार गरेका हुन् ।
फोब्र्सका अनुसार हाल विश्वमा २५ सय ४० जना डलर अर्बपति छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण