लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता सुरु
बुटवल । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिता आयोजना प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिला पुरुष खेलाडी मैदानमा रहेको जनाएको छ ।
एकेडेमीका संरक्षक समेत रहेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर घले विमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरु गरेका हुन् ।
सहभागीहरूले मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने जनाएको छ ।
प्रतियोगितामा महिला पुरुष दुबैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण