धूमको नयाँ सिरिजमा आमिरको चासो
मुम्बई। भनिन्छ, बलिउडमा हरेक शुक्रबारले फिल्म स्टारको भाग्य बदलीदिन्छ । कुनै समय एकपछि अर्को गर्दै लगातार फ्लपको मार झेलिरहेका अभिनेता शाहरुख खान यतिबेला ‘पठान’को सुपर सक्सेस मनाइरहेका छन् ।
किङ खानको करियर पुनः सही बाटोमा आएको छ । शाहरुखको बक्स अफिस सफलताले अभिनेता आमिर खान दबाबमा छन् ।
आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्डा’ थियो । यो फिल्म फ्लप भयो र यो फ्लपसँगै आमिरले अभिनयबाट ब्रेक लिने नै निर्णय लिए । उनी आजकल परिवारसँग समय बिताइरहेका छन् ।
यही बेला आफ्नो करियरलाई पुनः ट्याकमा ल्याउन आमिर यशराज फिल्मस्को एक्सन इन्टरटेनर फिल्म ‘धूम’को नयाँ सिरिजमा देखिँदै छन् ।
आमिर ‘पठान’को सफलताबाट प्रभावित छन् । उनलाई सलमान खानको फिल्म ‘टाइगर ३’ पनि ब्लकबस्टर हुन्छ भन्ने थाहा छ । यही कारण उनले हालै निर्माता आदित्य चोपडासँग भेटेर ‘धूम’को नयाँ सिरिजको बारे कुराकानी गरेका छन् ।
हालै मात्र एक अन्तरवार्तामा ‘पठान’का लेखक अब्बास टायरवालाले आमिर यशराज ब्यानरको स्पाई युनिभर्समा देखिन चाहेको खुलासा गरेका थिए । सलमान, शाहरुख र ऋतिक रोशन यसअघि नै स्पाई युनिभर्सको हिस्सा भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण