साझा कार्यक्रम व्यवस्थित र परिमार्जनसहित आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भन्दा अझ व्यवस्थित र परिमार्जित रूपमा साझा न्यूनतम कार्यक्रम ल्याएको बताएका छन् ।
साझा न्यूनतम कार्यक्रम ल्याउन निक्कै मेहनत भएकाले कार्यान्वयन गरेर जानुपर्ने उनले बताए ।
‘साझा न्यूनतम कार्यक्रम पहिलोको भन्दा विकसित र परिमार्जित भएर आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा साझा न्यूनतम कार्यक्रम बनाएर घोषणा गरेका थियौं । अघिल्लो गठबन्धनमा सात राजनीतिक दलको गठबन्धन थियो । त्यतिबेलाको नीतिगत प्राथमिकता त्यो समेतलाई अध्ययन गरेर यसअघिका राम्रो विषयहरूलाई अझ व्यवस्थित र परिमार्जित रूपमा साझा कार्यक्रम बनेको छ’ प्रचण्डले भने, ‘यो केही बुद्धिजीवीहरूले भेट्नु भए छ । पढ्नु भए छ । केही नेताहरू जो यहाँ उपस्थित हुनुन्न । उहाँहरुले स्वतः पढ्ने कुरा भयो । पढेपछि उहाँहरुले यो प्राथमिकता वा साझा न्यूनतम राम्रो वैज्ञानिक र राम्रो व्यवस्थित छ भनेर मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।’
सरकारले ल्याएका साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई प्रचण्डले निर्देशन दिए । यदि यो साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा आर्थिक र राजनीतिक सबै संकट सम्बोधन हुने प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रम दोहोरिएकोबारे प्रधानमन्त्री ओलीको यस्तो जवाफ
-
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
-
सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन
-
सेरिस भन्छिन्- के तिमी पुरुष हौ ? यही एउटा प्रश्नले मेरो खेलजीवन र सबै सपना भताभुङ्ग पारिदियो
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?