साझा कार्यक्रम व्यवस्थित र परिमार्जनसहित आएको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भन्दा अझ व्यवस्थित र परिमार्जित रूपमा साझा न्यूनतम कार्यक्रम ल्याएको बताएका छन् ।
साझा न्यूनतम कार्यक्रम ल्याउन निक्कै मेहनत भएकाले कार्यान्वयन गरेर जानुपर्ने उनले बताए ।
‘साझा न्यूनतम कार्यक्रम पहिलोको भन्दा विकसित र परिमार्जित भएर आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा साझा न्यूनतम कार्यक्रम बनाएर घोषणा गरेका थियौं । अघिल्लो गठबन्धनमा सात राजनीतिक दलको गठबन्धन थियो । त्यतिबेलाको नीतिगत प्राथमिकता त्यो समेतलाई अध्ययन गरेर यसअघिका राम्रो विषयहरूलाई अझ व्यवस्थित र परिमार्जित रूपमा साझा कार्यक्रम बनेको छ’ प्रचण्डले भने, ‘यो केही बुद्धिजीवीहरूले भेट्नु भए छ । पढ्नु भए छ । केही नेताहरू जो यहाँ उपस्थित हुनुन्न । उहाँहरुले स्वतः पढ्ने कुरा भयो । पढेपछि उहाँहरुले यो प्राथमिकता वा साझा न्यूनतम राम्रो वैज्ञानिक र राम्रो व्यवस्थित छ भनेर मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।’
सरकारले ल्याएका साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई प्रचण्डले निर्देशन दिए । यदि यो साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा आर्थिक र राजनीतिक सबै संकट सम्बोधन हुने प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण