शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सीमानामा बीओपीको संख्या वृद्धि गरिने

बिहीबार, २३ चैत २०७९, १९ : ०७
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । नेपाल र छिमेकी मुलुकको सीमा नाकामा बोर्डर आउट पोष्ट (बीओपी)को संख्या वृद्धि गरिने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संचारमन्त्री रेखा शर्माले बीओपीको संख्या वृद्धि गरिने विषय सरकारले प्राथमिकतामा राखेको बताइन् ।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने’ सरकारको साझा कार्यक्रममा भनिएको छ–‘सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बीओपी) वृद्धि गर्ने ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप