अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने प्रक्रियामा ट्रम्प दोषी रहेको वाइडेनको आरोप
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने प्रक्रियाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी रहेको बताएका छन् ।
नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्पले प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।
प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नु पर्थ्यो। तर वाइडेन आए पछि बनाइएको सो प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले भने बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको छ। अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो ।
अमेरिकाले १ लाख २० हजार भन्दा बढी मानिसहरूलाई तुरुन्तै अफगानिस्तानबाट निकाल्ने कार्य गर्यो, सो क्रममा १३ अमेरिकी सैनिक र लगभग १ सय २० अफगान नागरिकहरूले ज्यान गुमाउनु परेको थियो ।
विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन्। यो समीक्षा प्रतिवेदन गोप्य रूपमा संसद्मा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमाले र रास्वपाबिच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी छ’
-
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’