बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सोल्टीको र्‍याम्पमा थरीथरीका फेसन प्रदर्शन

शुक्रबार, २४ चैत २०७९, ११ : ५८
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । ताहचल स्थित होटल सोल्टी बिहीबार साँझ फेसनमय देखियो । नमुना कलेजको ग्राजुएसन फेसन शोले होटल मात्र होइन वरपरको वातावरण समेत फेसनमय भएको थियो । कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत जर्नी अफ फेसनको १७ औँ संस्करणको यात्रामा केही विशेष प्रस्तुतिले फरक स्वाद पस्केको देख्न पाइयो । 

४८ फिट लामो रनवेको मध्य भागमा गोलाकार घेरामा जब क्रिएटिभ पहिरन पहिरिएका मोडलहरू एउटा निश्चित पोजमा उभिएका थिए, सबैको नजर उनीहरूमा अडिएको थियो । उनीहरूको पहिरन प्रस्तुतिको बेग्लाबेग्लै दृश्यले सबैलाई आकर्षित गदथ्र्याे । 

२७ युवती मोडलहरू र ६ युवा मोडलहरूको प्रस्तुतिमा सम्पन्न भएको उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७ औँ ब्याचका ८३ जना विद्यार्थी डिजाइनरहरूको जिम्मेवारीमा सम्पन्न भएको थियो भने कार्यक्रमको कोरियोग्राफी र निर्देशन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए । 

करिब तीन घण्टा चलेको फेसन शोमा कृस्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रि अफ एड्भर्सिटीका पहिरन अनेकौँ स्वरूपमा प्रस्तुत भएका थिए । 

साँझको समय जति छिप्पिँदै जान्थ्यो । र्याम्पमाथि बिस्तारै मोडलहरूको चहलपहल बाक्लिँदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशालीमै उनीहरुले उपस्थितिलाई मोहित तुल्याउँदै लगे । नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरू रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक पहिरन प्रदर्शन भए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रूपमा क्रिएटिभ डिजाइनलाई र्याम्पमा देख्न पाइएको थियो । 

कार्यक्रममा नमुना कलेजद्वारा प्रकाशित दोस्रो संस्करणको फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो । सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरू पदार्पण भएको नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शो आयोजना भएको थियो ।

शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेको थिए । 

7IV063307IV062867IV0601232 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप