आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
गर्मी सिजनमा तरबुजाको व्यापार बढ्दो (तस्बिरमा हेर्नुहोस्)
फोटोफिचर

गर्मी सिजनमा तरबुजाको व्यापार बढ्दो (तस्बिरमा हेर्नुहोस्)

शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । गर्मी सिजन सुरु भएसँगै काठमाडौँ उपत्यकामा खरबुजा समेत भनेर चिनिने तरबुजाको व्यापार बढ्न थालेको छ । 

कालीमाटी तथा कुलेश्वरमा रहेका फलफूल पसलमा पछिल्ला दिनमा खरबुजा किन्नेको संख्या निकै बढेको व्यापारीहरूको भनाइ छ । बगरमा फल्ने तरवुजाले सित्तल महशुस गराउने भएकाले पनि गर्मी सिजनमा धेरैको रोजाईमा तरबुजा पर्ने गरेको छ ।

‘चैतबाट गर्मी सिजन सुरु भएर साउनसम्म रहन्छ, यो अवधिमा तरवुजाको माग धेरै हुन्छ’, कालीमाटीका एक व्यापारी भन्छन्, ‘दुई दिनमा एक ट्रकसम्म विक्री सकिन्छ ।’ ती व्यापारीका अनुसार एक ट्रकमा २२ हजार किलो हुन्छ ।  व्यापारीहरुले तरबुजा प्रतिकेजी ५० रूपैयाँ सम्ममा बिक्री भइरहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया