जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
बुधबार, ०६ साउन २०८३, १२ : १८
सारांश
- दाङको बङगलाचुली गाउँपालिका–८ स्थित पिपली जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
- प्रहरीले गोप्य सूचनाका आधारमा झाडीभित्र लुकाइराखेको अवस्थामा बन्दुक फेला पारेको हो ।
- बरामद गरिएका बन्दुकहरूमध्ये १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) रहेका छन् ।
दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल)बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।
खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद समेत गरी थप अनुसन्धान समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण