गगन थापा भन्छन्–प्रधानमन्त्रीको यतिधेरै फुर्सद देखेर छक्क पर्छु
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काम गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलिएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने भनेको सरकारले हो । सरकार भनेको प्रधानमन्त्री हो । तर प्रधानमन्त्रीमा आत्माविश्वास नभएको, कता कता अल्मलिएको पाएको छु ।’
कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीको फुर्सद देखेर आफू छक्क परेको बताए । ‘केही कार्यक्रममा मलाई अथितिका रुपमा बोलाउनु भयो । मैले भने भ्याउँदिनँ । आयोजकले भन्नुभयो । प्रधानमन्त्री आउँदै हुनुहुन्छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई फुर्सद हुन्छ । तिमिलाई फुर्सद नहुने ? अप्ठ्यारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर म छक्क पर्छ ।’
प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनमा जान भ्यानभ्या भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण