नेपालमा अन्धोपन निवारण गर्नमा लायन्स क्लबको भूमिका महत्त्वपूर्ण छ : सभामुख घिमिरे
शनिबार, २५ चैत २०७९, १२ : ०७
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताएका छन् । शनिबार काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उनले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताए ।
सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गरे ।
सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । साथै त्रिवि लायन्स रगत बैंक स्थापना गर्न लागेकोमा सफलताको कामना पनि उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण