परिवर्तनको रक्षा गर्नु माओवादी नेता कार्यकर्ताको प्रमुख भूमिका : दाहाल

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य रेनु दाहालले देशभरका माओवादी नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएकी छन् । अर्घाखाँचीको सन्धीखर्कमा माओवादी केन्द्र अर्घाखाँचीको कार्यालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ दाहालले जनतालाई आशा जगाउनु र परिवर्तनको रक्षा गर्नु माओवादी नेता कार्यकर्ताको प्रमुख भूमिका रहेको बताएकी हुन् ।
जनयुद्धका सहिदहरूलाई सम्मान र घाईते बेपत्ता सहिद परिवारहरूको जिविकोपार्जनलाई सहज बनाउन वर्तमान सरकारले सरकार गठनको १ सय दिनमा उल्लेख्य काम गरको उल्लेख गरिन् । उनले यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् । नेतृ दाहालले भनिन् ‘अध्यक्ष प्रचण्डले पटकपटक भन्ने गर्नुभएको छ । हामी गरौकी मरौ को अवस्थामा छौ हामीलाई गफ गरेर बस्ने समय छैन । हामीले सरकारले हरेक दिन परिणाम दिने जनताका मन जित्ने गरी काम गर्नु पर्छ । यो भित्र ठूलो मर्म छ । पार्टी निर्माणको संकल्प छ ।’
‘अर्घाखाँचीमा पनि पार्टी छोडेर गएकाहरू माओवादी आन्दोलनको खिलापमा लागेका छन्, तिनीहरू गद्धार हुन् । उनीहरू पुरै गलत छन् परिवर्तन गर्ने र त्यसको रक्षा र विकास गर्ने मूलधारको माओवादी हामी मात्र हो,’उनले भनिन् ।
भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा दोस्रो कार्यकालको नेतृत्वमा रहदा आफूले विकास, समृद्धि सुशानमार्फत जनताको मन जित्ने गरी काम गरिरहेको धारणा राखिन् । उनले माओवादी केन्द्रबाट निर्वाचित संघ प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधीहरूलाई जनताको मन जित्ने गरी विकासमा जनतालाई जोडेर अगाडि बढ्न आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन