सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेन सहमति
काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा सहमति जुट्न नसकेको हो ।
सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरे । ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुङ्गिने स्पष्ट पारे । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानुपर्ने बताए ।
उनले छलफलमा संसद्लाई गतिशील बनाउने कुरामा छलफल भएको बताए । उनले भने, ‘सदनका काम कारबाहीहरूको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’
यता बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुङ्गो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताए । उनले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउने भन्ने बारेमा छलफल भएको बताए ।
उनले भने, ‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउन छलफल भयो, सैद्धान्तिक रूपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरू पनि बसेर २८ गतेको बैठकले टुङ्ग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरूले फास्ट ट्र्याकबाट टुङ्ग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’
प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरूले भने सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट नै टुङ्ग्याउने पक्षमा रहेको बताए ।
_KDhlCfsQTl.jpg)
शीर्ष तीन दलका नेताबीच सामूहिक विषयमा छलफल भयो: सभामुख
सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताए । शनिवार सिंहदरबारस्थित कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरुबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको जानकारी दिए ।
उनले भने, ‘सहमति र विमति भन्दा पनि नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’ सभामुख घिमिरेले नेताहरुबीच सामूहिक विषयमा छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण