नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले नै नक्सा बनाइदिने
इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।
इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । “निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ”, उनले भने, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।”
भूकम्पप्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको बताउँछन् । “प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ”, उनले भने।
सहुलियत दरमा अब उपमहानगरपालिकाले नै नक्सा बनाउने उनको भनाइ छ । 'कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा उपमहानगरपालिकामा दर्ता नगर्नेजस्ता समस्याले आफैले नक्सा बनाउने काम सुरु गर्न लागेको हो । जनताले थोरै शुल्कमा नक्सा बनाउन भन्ने हाम्रो उदेश्य हो,' मेयर पौडेल भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण