सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
आइतबार, २६ चैत २०७९, १२ : २२
काठमाडौँ । सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकको २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्न चाहेपछि बैंकले संस्थापक सेयर बिक्री लिलामी खुला गरेको हो ।
बैंकका अनुसार संस्थापक शेयर धनी रजनी प्रधानले आफ्नो नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री गरिने भएको हो ।
इच्छुक खरिदकर्ताले चैत २६ गतेदेखि ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता बैंकको संस्थापक शेयरधनिहरुलाई दिइएकोमा तोकिएको समयमा आवेदन नपरे सर्वसाधारणमा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण