शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

आइतबार, २६ चैत २०७९, १२ : २२
आइतबार, २६ चैत २०७९

काठमाडौँ । सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकको २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्न चाहेपछि बैंकले संस्थापक सेयर बिक्री लिलामी खुला गरेको हो । 

बैंकका अनुसार संस्थापक शेयर धनी रजनी प्रधानले आफ्नो नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री गरिने भएको हो । 

इच्छुक खरिदकर्ताले चैत २६ गतेदेखि ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता बैंकको संस्थापक शेयरधनिहरुलाई दिइएकोमा तोकिएको समयमा आवेदन नपरे सर्वसाधारणमा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप