सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने
सोमबार, २७ चैत २०७९, ०७ : १३
काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिबीच सोमबार पनि वार्ता हुन लागेको हो ।
संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमबार पुनः गर्न लागिएको संयोजक अवधेस कुशवाहले जानकारी दिए ।
उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।
पहिलो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः सोमवार वार्तामा बस्ने उनले जानकारी दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण