नेतृत्वमा पुगेर निजी क्षेत्रलाई जीवन्त बनाउन भूमिका खेल्छु : उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जान श्रेष्ठले निजी क्षेत्रलाई जीवन्त बनाउन भूमिका खेल्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सटिक सम्बोधन गर्दै श्रेष्ठले निजी क्षेत्र मैत्री वातावरण बनाउन र जीवन्त बनाउनकै निम्ती आफुले उम्मेदवारी दिएको समेत बताए । आइतबार साँझ वस्तुगत र एसोसिएट सदस्यसँगको भेटघाटका लागि बोलाइएको छलफलमा अन्जान श्रेष्ठले भने, ‘निजी क्षेत्रलाई जीवन्त बनाउन पर्ने आजको आवश्यक्ता छ । यही लक्ष्य र उद्देयश्सहित मैले उम्मेदवारी दिएको छु ।’
यस्तै, आफू नेतृत्वमा पुगेपछि सबैले फेरिएको महासंघ पाउने समेत श्रेष्ठको भनाइ छ ।यसबाहेक, सरकारसँग निडर बनेर निजी क्षेत्रको माग र आवश्यक्ता राख्न समेत पछि नहट्ने आफ्नो योजना रहेको श्रेष्ठले जानकारी दिए । महासंघको चुनाव नजिकिँदै गएपछि उम्मेदवारहरुले आफ्नो दौडलाई तीव्रता दिएका छन् । हिजो नै वरिष्ठ उपाध्यक्षका उम्मेदवारीहरु उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको समेत चुनावी भेटघाट कार्यक्रमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण