दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि
सियोल । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो वर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको वृद्धिबाट तल झरेको हो ।
यस वर्ष घरेलु आर्थिक मन्दीको बारेमा बढ्दो चिन्ताको कारण यो सङ्ख्यामा सुधार भएको छ, जुन निरन्तर निर्यात गिरावट र कमजोर आवास बजारको कारण प्रेरित छ । रोजगारीको लाभका लागि आवेदकहरूको सङ्ख्या मुख्यतया विनिर्माण, निर्माण र शिक्षा सेवा क्षेत्रमा वृद्धि भएको छ ।
मार्चमा रोजगारी प्राप्त गर्नेहरूको सङ्ख्या कुल छ लाख ७५ हजार रहेको थियो । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले बढी हो ।
रोजगारीको खोजीमा रहेका लाभहरूको कुल भुक्तानी गत महिना तीन प्रतिशतले बढेर १.०३ ट्रिलियन वोन (७८०.३ मिलियन अमेरिकी डलर) पुगेको छ । यहाँको प्रतिव्यक्ति भुक्तानी १.९ प्रतिशतले बढेर १५ लाख ३० हजार वोन (१,१६० डलर) पुगेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण