एमाले नेता भट्टराई र गैरेले हेरे ‘बहाव’
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बहाव’ नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई र एमाले नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले हेरेका छन् ।
नेताहरुले सोमबार साँझ ललितपुरस्थित लबिम मलमा रहेको क्युफएक्स हलमा फिल्म हेरेका हुन् । उनीहरुसँग फिल्म हेर्न पत्रकार केपी ढुंगाना, मातृका पौडेल, उमेश चौहानसमेत पुगेका थिए ।
फिल्म हेरेपछि सांसद भट्टराईले फिल्ममा युवाहरुको प्रयत्न निकै सशक्त रहेको बताए । उनले भने, ‘फिल्म राम्रो छ । कलाकार सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रको सशक्त कलाकार हुनुहुन्छ । उहाँको यो फिल्ममा पनि सशक्त अभिनय रहेको छ र यसले हाम्रो नेपाली समाजका विविध आयम र घटनाक्रम बताउँछ ।’
त्यस्तै सांसद गैरेले यस फिल्मको विषयवस्तु प्रगतिशील विचार बुझ्न, विचार बोक्न जति सजिलो छ, यसको कार्यान्वयन गर्न त्यति नै गाह्रो छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए ।
श्रीधर पौडेलको निर्माण रहेको फिल्ममा सुरक्षा पन्त र कलाकार कमलमणि नेपाल छोरी र बाबुको भूमिकामा छन् । फिल्मको लेखक तथा निर्देशक प्रमोद कँडेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण