मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेता भट्टराई र गैरेले हेरे ‘बहाव’

मङ्गलबार, २८ चैत २०७९, १५ : ३१
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बहाव’ नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई र एमाले नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले हेरेका छन् । 

नेताहरुले सोमबार साँझ ललितपुरस्थित लबिम मलमा रहेको क्युफएक्स हलमा फिल्म हेरेका हुन् । उनीहरुसँग फिल्म हेर्न पत्रकार केपी ढुंगाना, मातृका पौडेल, उमेश चौहानसमेत पुगेका थिए ।

फिल्म हेरेपछि सांसद भट्टराईले फिल्ममा युवाहरुको प्रयत्न निकै सशक्त रहेको बताए । उनले भने, ‘फिल्म राम्रो छ । कलाकार सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रको सशक्त कलाकार हुनुहुन्छ । उहाँको यो फिल्ममा पनि सशक्त अभिनय रहेको छ र यसले हाम्रो नेपाली समाजका विविध आयम र घटनाक्रम बताउँछ ।’

त्यस्तै सांसद गैरेले यस फिल्मको विषयवस्तु प्रगतिशील विचार बुझ्न, विचार बोक्न जति सजिलो छ, यसको कार्यान्वयन गर्न त्यति नै गाह्रो छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए ।

श्रीधर पौडेलको निर्माण रहेको फिल्ममा सुरक्षा पन्त र कलाकार कमलमणि नेपाल छोरी र बाबुको भूमिकामा छन् । फिल्मको लेखक तथा निर्देशक प्रमोद कँडेल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप