आर्थिक स्थिति ठिकठाक छ भनेकै दिन नेप्सेमा २७ अंकको वृद्धि
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सकारात्मक आर्थिक सूचक सार्वजनिक गरेकै दिन नेप्सेमा सकारात्मक वृद्धि हुन पुगेको हो ।
केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ ।
अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले रेमिट्यान्स बढेको, १५ प्रतिशतले विदेशी मुद्राको सञ्चिति बढेको त समीक्षा अवधिमा शोधान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा देखाएको छ ।
यसैदिन नेप्सेमा २७.३१ अंकले बढेर १८ सय ७१.३३ अंकको विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ प्रतिशतले बढेर ३५५.४५ अंकको विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचकहरू धनात्मक हुँदै सेयर बजारमा नै हरियाली छाएको छ । म्यानु एण्ड प्रो समूहको उपसूचक ३.२८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.४३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.३५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक १.५७ प्रतिशतले बढेको छ ।
यस्तै, बैंकिङ समूहको उपसूचक १.४१ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ ।
आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको सेयर मूल्य आज ३.५४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण