सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउने तयारी छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउने तयारी गरिएको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रचण्डले सबै दल मिलेर संक्रमणकालीन न्याय टुंग्याउन लागिएको बताए ।
मंगलबार सभामुख निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली सहित अरु शीर्ष दलका नेताहरु संक्रमणकालीन न्यायका विषयमा छलफल गरेका थिए ।
बालुवाटार छलफलपछि माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वैशाख १ गते शीर्ष तहमा छलफल गरेर संक्रमणकालीन न्यायका विषयमा समझदारी गरेर जाने तयारी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले विवाद र असमझदारीबाट शान्ति प्रक्रिया टुंगो लगाउन गाह्रो हुने बताएको माओवादी एक सांसदले बताए ।
‘संक्रमणकालीन न्याय सकेसम्म सहमतिमा टुंगो लगाउने तयारी छ । विवाद र असमझदारीबाट टुंगो लगाउन गाह्रो हुन्छ । सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्छ’ प्रचण्डको भनाई उल्लेख गर्दै ती सांसदले भने, ‘संक्रमणकालीन न्याय माओवादीको मात्रै होइन यो राज्यको समेत दायित्व हो । त्यसैले सबै राजनीतिक सहमतिमा शान्ति प्रक्रिया टुगोमा पु¥याउनुपर्छ ।’
जनयुद्धकालीन मुद्दा टुंगो लगाउने विषयमा पार्टीका नेताहरुले समेत रचनात्मक रुपमा भूमिका खेल्नुपर्ने प्रचण्डले बताएका थिए ।
संसदीय समिति सांसद संख्याका आधारमा भागबण्डा गर्ने तयारी गरिएको छ । कुल १० संसदीय समितिमा माओवादीले कुन कुन लिने भन्ने विषयमा छलफल भएको ती सांसदले बताए । तर, कुन कुन समिति र को को जाने भन्ने विषयमा टुंगो लागि सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण