आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

प्रधानमन्त्रीसहित मन्त्रीले अब नेता कार्यकर्ता पार्टी कार्यालयमा मात्रै भेट्ने

मङ्गलबार, २८ चैत २०७९, १७ : २०
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित माओवादी केन्द्रका मन्त्रीहरूले अबदेखि नेता र कार्यकर्ता पार्टी कार्यालयबाट मात्रै भेट्ने भएका छन् । पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले पार्टी अध्यक्ष एवम् दलको नेता प्रचण्डको समेत परामर्शमा यस्तो नीति ल्याएका हुन् । 

मंगलबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्रीले भेट्ने समय कार्यतालिका निर्धारण गरेर निर्णय गरिएको हो । प्रधानमन्त्री निवाससहित प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि नेता र कार्यकर्ता भेट्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट मात्रै व्यवस्था गरिएको सांसद नारायणी शर्माले बताइन् । 

प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो २ बजेदेखि ४ बजेसम्मको समय व्यवस्था गरिएको शर्माले बताइन् । बिहान १० बजेदेखि २ बजेसम्म मन्त्रालयको काम कारबाहीमा समय दिने, दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टी नेता कार्यकर्तालाई भेट्न समय दिनुपर्ने र त्यसपछिको समय निमन्त्रणा गरिएका संघ संस्थाका व्यक्तिलाई भेट्ने कार्यतालिका बनाएको छ । पार्टी नेता र कार्यकर्तालाई सिंहदरबारमा भेट्न समस्या भएकाले यस व्यवस्थाले सहज ल्याउने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप