प्रधानमन्त्रीसहित मन्त्रीले अब नेता कार्यकर्ता पार्टी कार्यालयमा मात्रै भेट्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित माओवादी केन्द्रका मन्त्रीहरूले अबदेखि नेता र कार्यकर्ता पार्टी कार्यालयबाट मात्रै भेट्ने भएका छन् । पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले पार्टी अध्यक्ष एवम् दलको नेता प्रचण्डको समेत परामर्शमा यस्तो नीति ल्याएका हुन् ।
मंगलबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्रीले भेट्ने समय कार्यतालिका निर्धारण गरेर निर्णय गरिएको हो । प्रधानमन्त्री निवाससहित प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि नेता र कार्यकर्ता भेट्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट मात्रै व्यवस्था गरिएको सांसद नारायणी शर्माले बताइन् ।
प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो २ बजेदेखि ४ बजेसम्मको समय व्यवस्था गरिएको शर्माले बताइन् । बिहान १० बजेदेखि २ बजेसम्म मन्त्रालयको काम कारबाहीमा समय दिने, दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टी नेता कार्यकर्तालाई भेट्न समय दिनुपर्ने र त्यसपछिको समय निमन्त्रणा गरिएका संघ संस्थाका व्यक्तिलाई भेट्ने कार्यतालिका बनाएको छ । पार्टी नेता र कार्यकर्तालाई सिंहदरबारमा भेट्न समस्या भएकाले यस व्यवस्थाले सहज ल्याउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण