पेरुमा बस दुर्घटना : १० जनाको मृत्यु, २५ घाइते

लिमा । पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।
सो दुर्घटना केन्द्रीय राजमार्गको १०९ किलोमिटरमा दिउँसो करिब २:३० बजे भएको पेरुभियन राष्ट्रिय प्रहरीको राजमार्ग सुरक्षा डिभिजनका प्रमुख कर्नल भिक्टर मेजाले राज्य समाचार एजेन्सी एन्डिनालाई बताएका छन् ।
बस ह्वानुकोको केन्द्रीय विभागबाट राति ८ः०० बजे त्यसतर्फ प्रस्थान गरेको थियो। सो बस लिमा जाँदै गर्दा चट्टानबाट चिप्लिएर करिब सात मिटर तल रिमाक नदीमा खसेको थियो ।
पेरुभियन रेडियो स्टेशन रेडियो प्रोग्रामास डेल पेरुका अनुसार बसमा छ जना नाबालिग सहित ६० जना यात्रु सवार रहेको र तीमध्ये तीन जना घाइते भएका थिए । घाइते २५ जना मध्ये पाँच जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा परी घाइते भएका बस चालकलाई पनि दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चिक्लामा हिरासतमा राखिएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा