सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा
काठमाडौँ । मङ्गलवार बिहानबाट ह्याकरले पहुँच बनाएको सशस्त्र प्रहरीको फेसबुक पेज अझै उनीहरूको पहुँचबाट बाहिर आएको छैन । अनधिकृत व्यक्तिको पहुँचमा रहेको फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले रातोपाटीलाई बताए । उनले भने–‘अनधिकृत व्यक्तिको पहुँचबाट फिर्ता ल्याउन लागिराखेका छौँ, हाम्रो आइटी टिमले काम गरिरहेको छ ।’
मङ्गलवार बिहान १० बजेर ५९ मिनेटमा अनधिकृत व्यक्तिले पहुँच बनाएर भियतनामी भाषा पोस्ट गरेका थिए । बुधवार साँझसम्म फेसबुक पेज अनधिकृत व्यक्तिको पहुँचबाट मुक्त गराउने गरी सशस्त्र प्रहरीको आइटी टिमले काम गरिरहेको छ ।
यसअघि सशस्त्रको ट्विटर ह्यान्डलमा पनि ह्याकरले पहुँच बनाएका थिए । चैत २४ मा नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच राखेको आरोपमा स्याङ्जाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु वर्षको अन्तिम भुक्तानी हुने दिन आज, विकासे कार्यालयमा भुक्तानीको चटारो
-
बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
-
अभिव्यक्ति विवादपछि गायिका इब्शलले मागिन् माफी
-
रोनाल्डो मोहले निम्त्याएको पोर्चुगलको विश्वकप दुर्घटना
-
काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ
-
अमेरिकी आक्रमणमा दुई दिनमा १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण