सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खान विरुद्धको मुद्दा खारेज गर्दै बम्बे उच्च अदालतले के भन्यो ?

बुधबार, २९ चैत २०७९, १२ : ३८
बुधबार, २९ चैत २०७९

बम्बे उच्च अदालतले बलिउड अभिनेता सलमान खान विरुद्धको आपराधिक कारबाही खारेज गर्ने निर्णय गरेको छ । । यसबारे निर्णय गर्दै उच्च अदालतले भनेको छ, ‘न्यायिक प्रक्रियाको मतलब यो होइन कि एक व्यक्ति सेलिब्रेटी भएको कारणले अनावश्यक रूपमा उत्पीडन गर्नुपर्छ ।’

सलमान खानविरुद्ध यो मुद्दा एक पत्रकारले सन् २०१९ मा दर्ता गरेका थिए । आफ्नो उजुरीमा पत्रकारले सलमान खानलाई धम्की दिएको आरोप लगाएका थिए ।

न्यायाधीश भारती डाङ्ग्रेले ३० मार्चमा नै सलमान खान र उनका अङ्गरक्षक नवाज शेखविरुद्धको मुद्दा खारेज गरिदिएकी थिइन् । यस मुद्दामा तल्लो अदालतले दुवैलाई समन जारी गरेको थियो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार मङ्गलवार उच्च अदालतको आदेशको प्रतिलिपि उपलब्ध गराइयो ।

उच्च अदालतले मजिस्ट्रेटले समन जारी गर्दा प्रक्रिया पालना नगरेको बताएको छ । आदेशमा भनिएको छ, ‘न्यायिक प्रक्रियाको अर्थ कसैलाई अनावश्यक रूपमा दुर्व्यवहार  गर्नु हुँदैन । अभियुक्त एक सेलिब्रिटी भएकै कारण उजुरीकर्ताको आदेशमा उनीमाथि अनावश्यक दबाब दिन पाइँदैन ।’

न्यायाधीश डाङ्ग्रेले आफ्नो फैसलामा निवेदकमाथि कुनै पनि कानुनी कारबाही जारी राख्नु उनीमाथि घोर अन्याय हुने पनि बताएका छन् । उनले भनेकी छिन्, ‘ यस मुद्दामा मजिस्ट्रेटले आरोप पुष्टि गर्न सबैभन्दा पहिले उजुरीकर्ताको बयान लिनु पर्ने थियो ।’

यस मामिलामा मजिस्ट्रेट अदालतले मार्च २०२२ मा सलमान र उनका अङ्गरक्षक विरुद्ध समन जारी गर्दै ५ अप्रिल २०२२ मा अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप