आर्थिक सूचक सकारात्मक देखिएपछि नेप्सेमा उत्साह, आजै बढ्यो ९२ अंक
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ प्रतिशतले उकालो लागेको छ । आज बुधबार कारोबार सुरु भएदेखि नै उकालो लागेको नेप्से परिसूचक ४.९३ प्रतिशतले बढेर बन्द भएको हो ।
यो भनेको ९२.२२ अंकको वृद्धि हो । ९२ अंकले बढेसँगै नेप्से परिसूचक १९ सय ६३ अंकमा पुगेको छ । यसक्रममा आज कारोबार रकम पनि बढेको छ ।
६१ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा १ हजार ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर बढेको छ । कारोबार भएकामध्ये २१८ वटै कम्पनीको सेयर मूल्य बढेको हो । आज ५ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबार भएका सबै समूहमा समेत सुधार आएको छ । १३ वटा समूहमध्ये १३ वटै समूहमा सुधार आएको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूहमा ४४३ अंकको सुधार देखिएको छ । यस्तै, निर्जीवन बीमा समूहमा ३४३ अंकको सुधार आउँदा उत्पादनमूलक उद्योग समूहमा २१८ अंकको सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा समेत उत्साहजनक सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अर्थतन्त्र सुधारात्मक अवस्थामा देखाएको थियो । ८ महिनासम्ममा विदेशबाट भित्रिने रेमिट्यान्स २५ प्रतिशतले बढेको देखाएको थियो भने चालू खाता समेत ४४ अर्ब रुपैयाँ मात्रै घाटामा देखिएको थियो । यस्तै, अन्य सूचक समेत सकारात्मक देखिएपछि आज नेप्सेले त्यसलाई स्वागत गरेको हो ।
हिजै नेप्से परिसूचकमा २७ अंकको सुधार आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण