कोरोनामा सतर्कता अपनाउने कोशी प्रदेश सरकारको निर्णय
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको भन्दै आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले कोरोना भाइरस संक्रमणबाट बच्न आवश्यक पहलकदमी चाल्नका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन समेत दिएको हो ।
बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७९ स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७५ खारेज गर्ने निर्णय पनि गरेको छ ।
यस्तै मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने, मनमोहन प्राविधिक विश्वविद्यालयमा विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण