युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताए ।
“विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ”, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।
मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै नेता कोइरालाले अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन नसकिने बताए ।
बितेको दशक विविध उतारचढाव आएको जिकिर गर्दै उहाँले भूकम्प, नाकाबन्दी, कोरोना महामारीले देशको आर्थिक विकास र सामाजिक सम्बन्धमा निराशा छाएकाले अब पुनःस्थापनामा लाग्न नयाँ वर्ष २०८० मा प्रेरणा मिल्ने नेता कोइरालाले बताए । उनले नयाँ वर्षको उल्लासमय समयमा देशमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल र तिनका नेतामा विवेकको प्रयोग गर्दै साझा सङ्कल्प गर्ने अठोट कायम होस् भन्ने कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा
-
दुध किसानलाई डीडीसीले मात्रै ८५ करोड तिर्न बाँकी, निजी डेरीको बक्यौताको छैन तथ्याङ्क
-
गणतन्त्र दिवस मूल समारोह समिति गठन
-
संसद्मा मन्त्री अधिकारीले भने- दुध, कुखुराको मासु र अण्डामा मात्र नेपाल आत्मनिर्भर
-
विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा पुगे प्रदीप
-
नागरिकको आवश्यकता अनुसारको योजना बनाउन सरकार गम्भीर बन्नुपर्छ : नेता थपलिया